सहभागिताका लागि पूर्वयोग्यता
नेपाल विकास बजार सबै संघ-संस्थाहरुको लागि तल उल्लेखित निर्धारित प्रक्रियाभित्र रहने गरि खुल्ला गरिएको छ । यसमा सिर्जनशील अवधारणा राख्ने गैर सरकारी संस्थाहरु (गै.स.स.), संघ-संगठनहरु, निजी क्षेत्रसँग सम्बन्धित समूहहरु, विश्वविद्यालय तथा विद्यालयहरु, स्थानीय निकाय तथा नगरपालिकाहरु, सामुदायमा आधारित संस्थाहरु -सा.सं.), प्राज्ञिक प्रतिष्ठानहरु तथा सहकारी संस्थाहरु सरिक हुनसक्ने छन् । प्रस्तावक संस्था नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई न्यूनतम २ वर्षो कार्य अनुभव भएको हुनुपर्नेछ । मूल्याङ्कन गर्दा आवश्यक आधारहरु नपुगेका प्रस्तावहरु स्वीकृत गरिने छैन् ।
मूलमन्त्र
प्रतियोगितात्मक विकास बजारमा सहभागी हुनका लागि 'विकासद्वारा शान्तिलाई सवल पारौं'मूल विषयलाई समेटेर निम्न लिखित जुनसुकै क्षेत्रहरुमा प्रस्ताव प्रस्तुत गर्नसकिनेछ :
- स्वास्थ्य
- शिक्षा
- खानेपानी तथा सरसफाई
- कृषि, सिचाई तथा खाद्य सुरक्षा
- पूर्वाधार विकास (सडक तथा यातायात)
- उर्जा
- साना व्यवसाय तथा साना उद्यमी सहयोग कार्यक्रम
- सूचना तथा सञ्चार प्रविधि
- रोजगार सिर्जना
सहकार्य
प्रस्तावित परियोजनाहरुले सहकार्यमा योगदान पुर्याईएको हुनुपर्नेछ । निजी व्यवसायीका तर्फाट प्रस्ताव प्रस्तुत गर्नेहरुले सार्वजनिक क्षेत्रमा कार्यरत कुनै पनि गैरसरकारी संस्था/सामुदायिक संस्था (गै.स.स./सा.स.), विकास संस्था, कोष तथा संगठन, विश्वविद्यालय/विद्यालयहरु वा नेपाल सरकारका कुनै एक अ·लाई सहभागी बनाउनु पर्नेछ । त्यस्तै नगरपालिका र स्थानीय निकायले पनि माथि उल्लेखित संस्थाहरु मध्ये कुनै एकलाई सहभागी बनाउनु पर्नेछ । सहभागिता गर्न चाहने दुबै पक्ष नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई न्यूनतम २ वर्षो कार्य अनुभव भएको हुनुपर्नेछ ।
कार्यान्वयनको समयावधि
नेपाल विकास बजारबाट पुरस्कार रकमको पहिलो किस्ता प्राप्त गरेको बाह्र (१२) महिना भित्र प्रस्तावित परियोजना सम्पन्न भइसक्नु पर्नेछ ।
परिणाम
प्रस्तावमा उल्लेखित योजनाको उपलब्धि वा परिणाम मापनयोग्य हुनुपर्नेछ र यसले विकासद्वारा ग्रामीण जनताको जीवनस्तर वृद्धि भई शान्ति स्थापनामा प्रत्यक्ष प्रभाव परेको तथ्य स्पष्ट देखिनु पर्नेछ । प्रकाशन, तालिम वा सभा सम्मेलन/बैठक आदिबाट प्रतिफलहरु निक्र्योल गर्ने प्रत्यक्ष आधार नभएका अन्तिम उत्पादनका रुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु प्रतियोगितामा सरिक हुन पाउने छैनन् ।
अधिकतम पुरस्कार रकम
पुरस्कारको अधिकतम राशि ने.रु. १५ लाख हुनेछ । पुरस्कृत प्रस्तावहरुलाई परियोजनाका लागि प्रस्तावित खर्चको प्रारुप अनुसार पुरस्कार प्रदान गरिने भएकोले पुरस्कार रकम फरक फरक हुन सक्नेछ ।
भाषा
प्रस्तावहरु नेपाली वा अंग्रेजी भाषामा प्रस्तुत गर्न सकिनेछ ।
|