नेपाल विकास बजारले कसरी काम गर्दछ ?

नेपाल विकास बजार २०६५ ले देशभरबाट विकास सम्बन्धी नवीन तथा सिर्जनात्मक उपायहरुको खोजी गर्ने उद्देश्य लिएको छ । यस र्कायक्रमले विकासका विविध आयामहरुमा संलग्न पात्रहरुलाई एउटै थलोमा भेला गराएर अनुभव तथा ज्ञानको आदान प्रदान गर्न र उनीहरुको सर्म्पर्क सञ्जाल विस्तार गर्न टेवा पुर्‍याउनेछ । यस विकास बजारले विकासका क्रियाशील समुदायलाई आम जानकारीमा ल्याएर उत्पादनशील तथा सिर्जनात्मक क्रियाकलापहरुमा सहकार्य गराउने लक्षित उद्देश्य राखेको छ । यस्ता समुदायले नयाँ अवधारणाहरु प्रयोग गरी गरिबी न्यूनीकरण तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्नेछन् । नेपाल विकास बजार निम्नानुसार प्रक्रियाबाट अघि बढ्नेछ ।

प्रस्ताव आव्हान
यसका लागि २०६४ साल फागुनको तेस्रो साता तिर 'प्रस्ताव आव्हान' गरिए पछि प्रतियोगितात्मक विकास बजारको प्रारम्भिक चरण आरम्भ हुनेछ । यसरी पेश गरिने प्रस्तावहरु छोटो हुनुपर्दछ र प्रस्तावित परियोजनाको परिचय तथा कार्यान्वयन योजना, प्रस्ताव नौलो तथा सिर्जनशील हुनाको कारण, बजेट व्यवस्थाको प्रारुप एवं सहकार्य गर्ने प्रस्तावित साझेदारहरुका बारेमा प्रस्तावमा जानकारी मूलक विवरण उल्लेख गरिएको हुनुपर्नेछ । तल दिइएका योग्यता पूरा गरेका सबै प्रस्तावहरु २०६५ बैशाख १८ गते भित्र प्राप्त भइसक्नु पर्नेछ । तत्पश्चात प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी ती मध्ये ५० वटा प्रस्तावलाई अन्तिम चरणको प्रतिस्पर्धामा सरिक हुनका लागि छनोट गरिनेछ ।

यसरी छानिएकाहरुलाई २०६५ जेठ २० देखि असार २ गते भित्र विस्तृत प्रस्ताव पेश गर्न अनुरोध गरिनेछ । विस्तृत प्रस्ताव प्रस्तुत गर्दा परियोजनामा लाग्ने बजेटको पूर्ण विवरण सहित विस्तृत कार्यक्रम वा कार्यान्वयन योजना उल्लेख गर्नुपर्ने छ । यसरी अन्तिम चरणको प्रतियोगितामा सरिक हुन छानिएका प्रस्तावकहरुलाई २०६५ असार १० गतेका दिन काठमाडौंमा आयोजना हुने राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुन आमन्त्रित गरिनेछ ।

प्रस्तावहरुको मूल्यांकन: अन्तिम चरणका लागि प्रतियोगीहरुको छनोट
विकास बजारमा सहभागिताका लागि तोकिएको योग्यता पूरा गर्ने प्रस्तावहरुको मूल्याङ्कन विशेषज्ञहरुको एक प्राविधिक समूहले गर्नेछ । यसरी प्राप्त भएका प्रस्तावहरुको छनोट तल दिइएको विधिमा तोकिएका योग्यताहरुका आधारमा गरिनेछ । लगभग ५० वटा प्रस्तावलाई अन्तिम चरणको प्रतिस्पर्धामा सरिक हुनका लागि छनोट गरी विस्तृत कार्ययोजना पेश गर्न र राष्ट्रव्यापी प्रतियोगितामा सरिक हुन आमन्त्रित गरिनेछ ।

अन्तिम चरणका लागि छानिएका प्रस्तावहरुको मूल्यांकन विजेताहरुको छनोट
अन्तिम चरणको प्रतिस्पर्धाका लागि छानिएका ५० वटा प्रस्तावहरु र्सवसाधारण र स्वतन्त्र निर्णायक मण्डलको प्रदर्शनको लागि राखिने छ । प्रत्येक प्रस्ताव, एक स्वतन्त्र निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछ र सहभागी प्रतिस्पर्धी समूहसँग र्सार्वजनिक रुपमा अन्तर्वार्ता लिनेछ । अन्त्यमा २०६५ असार १० गते विकास बजारको समापन समारोहका अवसरमा निर्णायक मण्डलबाट लगभग २५ वटा प्रस्तावलाई विजयीका रुपमा छनोट गरिनेछ । यसरी विजयी हुने प्रस्तावहरुलाई परियोजना कार्यान्वयनका लागि पुरस्कार स्वरुप रकम प्राप्त हुनेछ ।

ज्ञान मञ्च
विकाससँग आवद्ध विविध पात्रहरुको वृहत् सहभागिताको फाइदा उठाउन विकास बजारले सहभागीहरु बीच परस्पर ज्ञान तथा अनुभवहरु आदानप्रदान गर्नका लागि ज्ञान मञ्च सञ्चालन गर्नेछ । यस मञ्चको बैठकबाट सहभागीहरुलाई सिर्जनात्मक सहकार्य तथा सर्म्पर्क सञ्जाल विकसित गर्न र विकासका उद्यमीहरुले सामना गर्नु परेका चुनौतीहरुका बारेमा छलफल गर्ने अवसर उपलब्ध हुनेछ ।

परियोजना कार्यान्वयन
राष्ट्रव्यापी प्रतियोगिताको अन्तिम चरणमा विजयी भएका समूहहरुले कसरी र कहिले पुरस्कार स्वरुप प्राप्त रकम उपयोग गर्ने हो भन्ने बारेको समयसारिणी उल्लेख भएको परियोजना सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्नेछ । गरिबी निवारण कोषले परियोजनाहरुको कार्य प्रगतिका साथै परियोजनाहरुलाई आवश्यक परेमा प्राविधिक सहायता उपलब्ध गराउने छ र प्राप्त शिक्षा तथा अनुभवलाई विकासमा संलग्न व्यापक समुदाय माझ सम्प्रेषण गर्न सघाउ पुर्‍याउने छ ।




एन् डि एम् २००५

If you are having problem in viewing UNICODE, click here to download.
Development MarketplaceSociety of Economic Journalists-Nepal
© नेपाल विकास बजार २००८ । सर्वाधिकार सुरक्षित । योमरी द्वारा निर्मित ।